चालक लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द

चालक लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

‘सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७-०९-२० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’