कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १५८ नमुनाहरुमध्ये ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा कोरोना देखिएको हो । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २३ जना, लम्कीचुहाँ नगरपालिकाका तीनजना, गोदावरी नगरपालिकाका दुईजनाा, घोडाघोडी नगरपालिकाका एकजना र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका एकजना र दिपायलका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।