बिहे गर्न लिखित परीक्षा, केटी पास केटा फेल !

बिहे गर्न लिखित परीक्षा, केटी पास केटा फेल !

भारतमा एउटा विवाहको कुरा टुंग्याउन लिखित परीक्षा भएको छ । विवाह टुंगाउनु अघि हुने सवाल सवाल जवाफ त ठिकै हो भारतमा चाहिँ लिखित परीक्षा नै भएको छ ।

भारतको उत्तर प्रदेश स्थित मैनपुरीमा विवाहको लागि केटा र केटीलाई लिखित परीक्षा गराइएको हो । विहेको कुरा टुंगाउनको लागि केटा र केटीले एउटा जात्रामा भेटेका थिए ।

त्यहाँ केटा केटीले कुरा गरे । एक अर्कालाई मन पराएपछि विहे फाइनल पनि भयो । तर केटाले अचानक झोलाबाट एउटा डायरी र पेन निकालेर केटीको हातमा थमाए । उनले परीक्षा लिनको लागि त्यसो गरेका थिए ।

उनले उक्त परीक्षामा युवतीलाई नाम, ठेगाना, फोन नम्बर लगायतका विवरण लेख्न लगाएका थिए । त्यसपछि चाहिँ विभिन्न प्रकारका प्रश्नहरु राखेर परीक्षा लिएका थिए ।

केटाले गरेका प्रश्नको जवाफ केटीले सहज रुपमै दिइन् । लिखित परीक्षामा पास भएसँगै केटा उनीसँग विवाह गर्न राजि भए । तर अब केटा मात्रै तयार भएर भएन । केटी पनि विवाहको लागि तयार हुनुपर्यो ।
केटाले आफूलाई इन्सल्ट गरेको केटीले बुझिन् । उनले पनि केटालाई सोही अनुसारको परीक्षा लिइन् । केटालाई कलम र डायरी दिइन् । केटालार्य प्ररिश्रम, दृष्टिकोण तथा साम्प्रदायिक जस्ता शब्दहरु लेख्न लगाइन् ।
तर यस्ता शब्दहरु केटाले लेख्न सकेनन् । त्यसपछि उनी परीक्षामा फेल भए । उनी फेल भएपछि केटीले विवाह अस्वीकार गरिन् ।