कैलालीमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते

धनगढी खबर    

कैलालीमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते

धनगढी । कैलाली गौरीगंगा नगरपालिका ९ मा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् । पुर्व पश्चिम राजमार्गको मसुरियामा साझ ६ बजे मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

पहलमानपुर बाट मसुरिया आउदै गरेको से ७ प ५६९४ र पश्चिमबाट पुर्व जादै गरेको बा ७४ प२१८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ७ रामशिखरझाला बस्ने बर्ष २७ का नवीन सिजालि र गौरीगंगा ७ महादेवाका ४१ बर्षिय बासुदेव जोशी गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको गौरीगंगा हस्पिटल मसुरियामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरिक्षक डम्बर थापाले जानकारी दिएका छन् । विपरीत दिशाबाट गतिमा मोटरसाइकल चलाउदा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



मङ्गलबार २१, पुष २०७७ १०:५६ मा प्रकाशित

#दुर्घटना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस