धनगढीका १८ सहित कैलालीमा २० जनामा कोरोना पुष्टि

धनगढीका १८ सहित कैलालीमा २० जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना देएिको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २०८ नमुनाहरुमध्ये २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीका १८ सहित कैलालीका थप २० जनामा कोरोना देखिएको हो ।

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, टीकापुर नगरपालिका एकजना र घोडाघोडी नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।