बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  आह्वान

बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  आह्वान

काठमाडौं । सरकारले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  आह्वान गरेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले  वातावरण विभागले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको हो । 
वायु प्रदुषणका कारण बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेको विभागको भनाई छ । 

मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यका सहित तराई क्षेत्रका शहरहरू जस्तै, नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च रहेको विभागको भनाइ छ । 

त्यहाँका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । ‘बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं’, विभागको विज्ञप्तिमा उल्लेख छ ।

साथै फोहोर बाल्दा र आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि विभागले आह्वान गरेको छ । मौसम यस्तै भइरहे प्रदूषण झन् बढ्ने विभागले जनाएको छ ।

केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहानदेखि घाम देखिएको छैन। हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ। तर न्यूनतम तापक्रम भने घटेको छैन। बरू पहिलाभन्दा बढेको छ। 

यही तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ। सोमबार त काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गर्‍यो।  स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ एक्वुआई थियो।

 वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ९एक्वुआई०मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानु चाहिँ घातक हो। त्यसैले काठमाडौंको वायु घातक तहमा छ । 

खासै उद्योगधन्दा नभएको काठमाडौंमा यति ठूलो प्रदूषण कसरी भयो तरु पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्मा मौसम, काठमाडौंको जनसंख्या र उपत्यकाको भू–बनावटले यस्तो भएको बताउँछन्।

‘पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो’,  शर्माले भने। इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउनु हो।