कैलालीका ६ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि

कैलालीका ६ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १०३ नमुनाहरुमध्ये थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ६ र कञ्चनपुरका एक जनामा कोरोना देखिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका एकजना र कञ्चनपुरको भिमदत्त नगरपालिकाका एकजना गरी ७ जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।