ओलीको ध्यान सुदूरपश्चिम प्रदेश, ४ जनालाई दिए क्याबिनेटमा मौका

ओलीको ध्यान सुदूरपश्चिम प्रदेश, ४ जनालाई दिए क्याबिनेटमा मौका

प्रतिनिधिसभा निर्वाचनमा शेयरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धन जित्दा पनि झण्डै ३ वर्षअघि गठित प्रधानमन्त्री केप ीशर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले एक जनामात्रै मन्त्री पायो । त्यो पनि प्रच्ण्डको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसद मध्ये कसैले पनि मौका पाएनन् ।

प्रतिनिधिसभा विघटनपछि नेकपा पनि विभाजित बनेको छ । यस अवस्थामा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम ध्यान केन्द्रीत गरेको देखिएको छ ।

ओलीले सुदूरपश्चिमबाट ४ जनालाई मन्त्री बनाएका छन् भने शुक्रबार धनगढीमा गर्न लागिएको सभालाई सम्बोधन समेत गर्न लागेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।