धनगढी। नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावललाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीको चौथो बैठकले रावलसहित तीनजना नेतालाई पदबाट हटाउन सिफारिस गरेको हो ।
बुधबार धनगढीमा बसेको बैठकले इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । डा. रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको छ ।
यसअघि पुस १७ गते बसेको प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका जिल्ला अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो ।