पर्यटन व्यवसाय पुनर्उत्थान गर्न नेपालसहित चार देशले संयुक्त छलफल गर्ने

पर्यटन व्यवसाय पुनर्उत्थान गर्न नेपालसहित चार देशले संयुक्त छलफल गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा सो सहमति भएको हो ।

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले जयशंकरसँगको भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत, श्रीलंका, नेपाल र माल्दिभ्सको बिचमा पर्यटन व्यवसायलाई पुनर्उत्थानको गर्ने बाटो पहिल्याउनको लागि सकेसम्म छिटो छलफल गर्ने निर्णय भएको छ ।’

भारतीय विदेशमन्त्री एस जयशंकर यतिबेला माल्दिभ्सको भ्रमणमा छन् । भारतको संयोजनका चार देशका पर्यटन मन्त्रीहरुको बैठक निकट भविष्यमा नै बस्ने भनिए पनि मिति निश्चित गरिएको छैन ।