लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै कञ्चनपुरको पुनर्वासका सुकुम्वासी आन्दोलित

लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै कञ्चनपुरको पुनर्वासका सुकुम्वासी आन्दोलित

कञ्चनपुर । कञ्चनपुमा सुकुम्वासी आन्दोलित भएका छन् ।

जिल्लाको पुनर्वास नगरपालिकाभित्र बसोवास गर्दै आएका सुकुम्वासी आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै आन्दोलित भएका हुन् । 

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।

पुस २० गते मौन जुलुस गरिसकेपछि पनि कुनै सुनुवाई नभएकोले २४ र २६ गते नगरपालिका केन्द्रित थप सशक्त आन्दोलन गर्ने तयारी रहेको सुकुम्वासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले बताए ।