जाडोमा यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री

जाडोमा यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री

धेरै तातो वा धेरै चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक मानिन्छ । त्यसैले पनि मोबाइल निर्माताले आफ्ना प्रयोगकर्तालाई यसको तापक्रम न्युनतम पनि ३२ डीग्री फरेनहाइटसम्म राख्नुपर्छ भन्ने सन्देश दिन्छन् ।

धेरै चिसोमा मोबाइलको ब्याट्री चार्ज छिटै सकिन्छ । यतिबेला नेपालका अधिकांश भूभागमा चिसो मौसम चलिरहेको छ । कतिपय ठाउमा त हिमपात नै भैरहेको छ ।

यस्तो बेला बिजुलीको पनि भर नहुने हुँदा सम्पर्क विच्छेदको सम्भावना रहन्छ । यहाँ केही त्यस्ता टिप्स छन्, जसले जाडोमा पनि मोबाइलको ब्याट्री चार्ज केही लामो समय टिकाउन सहयोग गर्छ ।

१. फोनमा राम्रो कभर र केस प्रयोग गर्नुहोस्, जसले तपाईंको स्मार्टफोनको तापक्रमलाई सही अवस्थामा राखिराख्न मद्दत गर्छ ।

२. चिसो समयमा भुलेर पनि स्मार्टफोन खुला स्थानमा नराख्नुहोस् ।

३. लामो कल गर्नुपर्ने छ भने फोनमा पावर बैंक जोडेर कुरा गर्नुहोस् । चिसोयाममा प्रायस् फोनको ब्याट्री तात्तिने समस्या नहुने भएकाले यो विधि प्रयोग गर्न सक्नुहुन्छ । तर यसलाई वैकल्पिक विधि मात्रै ठान्नुहोस् ।

४. बाहिर जाँदै हुनुहुन्छ भने स्मार्टफोन बाक्लो र न्यानो जाकेट अथवा ब्यागमा हालेर हिँड्ने गर्नुहोस् ।

५. यदि फोन चिसोको कारण बन्द भएको छ भने तुरुन्त रिस्टार्ट गर्ने कोशिस नगर्नुहोस्। फोनलाई केही समय न्यानोमा राख्नुहोस्, जसबाट मुख्य गरी ब्याट्री नोक्सान हुनबाट जोगाउन सकिन्छ ।

६. यदि फोनको स्क्रिन पहिल्यै क्रयाक वा फुटेको छ भने चिसो ठाउँमा नराख्नुहोस्, धेरै शित पर्दा स्क्रिनले काम गर्न छोड्छ । साथै चिसोयाममा फोनको स्क्रिन राम्ररी चलाउन बजारमा पाइने टचस्क्रिन ग्लोभ प्रयोग गर्न सकिन्छ ।

७. पावर सेभिङ मोड अन गर्नुहोस् । यसले अनावश्यक ब्याट्री खपत घटाउछ ।