बितेका कुराहरू बिर्सिउँ भन्छु झनझन सम्झिन्छन

बितेका कुराहरू बिर्सिउँ भन्छु झनझन सम्झिन्छन

बितेका कुराहरू बिर्सिउँ भन्छु झनझन सम्झिन्छन।
सम्झिनु पर्ने मित्रलाई साथीहरू दुस्मन सम्झिन्छन।

उसले जहिले आफ्ना कुरा गर्छ कराउँछ मन्चबाट,
अचम्म छ साथीहरूले त्यसैलाई गर्जन सम्झिन्छन।

रातामान्छेहरू हो यो झण्डा त्यति सस्तो हुँदै होइन,
रातो देख्यो कि साथीहरू केवल कफन सम्झिन्छन।

मित्र विगतका कुरा नगरौ सबैसंँग सुरक्षीत छ भन्छु।
कोहि जेल सम्झिन्छन कोहि जङ्गल वन सम्झिन्छन।

आफू जहिल्यै स्वार्थमा लिप्त हुने मान्छेलाई सायद,
लाग्छ सब उस्तै हुन हाम्रा कुरा त गनगन सम्झिन्छन।

हाम्रो जवानी लुटेका लुटेराले भविष्यका कुरा गर्छन,
केही साथीहरू त्यसैलाई आशिष-वचन सम्झिन्छन।

मुग्लानको यात्रा जारी छ विचरा सर्वहाराको नियती,
छोडी हिडछन जसलाई आफ्नो धड्कन सम्झिन्छन।

२०७७/९/२४ महेन्द्रनगर