यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। शुक्रबार लुम्बिनि प्रदेश लगायत पहाडी भुभागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य -भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  

आज दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ ।