‘निर्मलाको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेका युवाहरू रिहा

‘निर्मलाको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेका युवाहरू रिहा

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै?’ लेखिएको टिसर्ट  लगाएर पक्राउ परेको युवाहरू रिहा भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले आयोजना गरेको आम सभामा ‘निर्मलाको बलात्कारी खै?’ र ‘जस्टिक फर निर्मला’ लेखिएका टिसर्ट  लगाएका ७ जना युवाहरूलाई प्रहरीले शुक्रवार पक्राउ गरेको थियो ।

उनीहरूलाई सामान्य सोधपुछ पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।