कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद

कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहतको बोडर आउट पोष्ट गड्डाचौकी र कुतियाकभरबाट खटिएको टोलीले १ लाख ६७ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। 

दोधाराचाँदनी नगरपालिका–१० कुतियाकभर सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको चुरोट, दुध पाउडर र माछा बरामद गरिएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र माछा पशुक्वारेन्टाईन कार्यालयमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।