सुदूरपश्चिमका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १४९ नमुनाहरुमध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । 

कैलालीको धनगढी उप–महानगरपालिकाका ६ जना, टीकापुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।