आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। आइतबार देशका केहि भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै  प्रदेश १ मा आंशिक बदलीको सम्भावना रहेको छ । भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने  अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।