सरकारको निर्णयको समर्थनमा काठमाडौंमा धोती जुलुस

सरकारको निर्णयको समर्थनमा काठमाडौंमा धोती जुलुस

काठमाडौं । संसद् विघटन गर्ने सरकारको निर्णयको समर्थनमा काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली समूहको राष्ट्रिय युवा संघको आयोजनामा काठमाडौंको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो ।

जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौं, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शानबा, केपी ओल हिमनी सबके जानबा’ भन्ने जस्ता नारा लगाएका थिए । काठमाडौंको विभिन्न स्थानबाट निकालिएको ¥याली माइतीघर मण्डलाको मूल ¥यालीमा जोडिएको थियो ।