एनसेलको ‘एनसेल अडियो क्लास’

एनसेलको ‘एनसेल अडियो क्लास’

एनसेल आजियाटाले विद्यार्थीलाई लक्ष्य गरी ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । यसअन्तर्गत विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठ मोबाइलबाटै सुन्न र सिक्न सक्छन् ।

एनसेलका सिम भएका विद्यार्थीले आफ्नो आवश्यकताअनुसार विभिन्न विषय कुनै पनि समयमा अडियोमार्फत अध्ययन गर्न सक्ने कम्पनीले जनाएको छ ।

इन्टरयाक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियानअन्तर्गत ल्याएको बताएको छ ।