प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साढे ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकका लागि केही समय अवधि राखेर मन्त्रीहरुलाई सन्देश पठाइएको एक मन्त्रीले जानकारी दिए।
अहिले भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। आकस्मिक रुपमा बोलाइएको बैठकको कार्यसूची जानकारी नपाएको ती मन्त्रीले बताए। राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय हुनसक्ने उनको आकलन छ।
प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यसूची रहेको छ।