इन्टरनेट फास्ट हुँदा समेत युट्युव स्लो चलिरहेको छ ? यसो गर्नुहोस्

इन्टरनेट फास्ट हुँदा समेत युट्युव स्लो चलिरहेको छ ? यसो गर्नुहोस्

 अहिलेका प्रायः सबैजसो स्मार्टफोनमा युट्युव प्रि इन्स्टल्ड एपको रुपमा उपलब्ध हुने गर्दछ । यो एपको प्रयोग पनि लगभग हरेक प्रयोगकर्ताले गरिरहेकै हुन्छन् ।

युट्युवमा तपाईं आफ्नो अफिसियल कामदेखि मनोरञ्जन र कयौं सिकाईका भिडियो प्राप्त गर्न सक्नुहुन्छ । साधारण शब्दमा भन्ने हो भने तपाईं यसमा हरेक प्रकारका भिडियो कन्टेन्ट देख्न सक्नुहुन्छ ।

जसलाई बुझ्न समेत निकै सहज हुन्छ । तर कतिपय समय राम्रो इन्टरनेट हुँदा समेत भिडियो राम्रोसँग प्ले भइरहेको हुँदैन । अथवा भिडियो लोड हुन निकै समय लाग्ने गर्दछ ।

तपाईंले पनि यस्तै समस्या भोगिरहनु भएको छ भने अब चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई यस किसिमको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा बताउँदै छौं ।

क्याश डेटा क्लियर गर्नुहोस्

युट्युव भिडियो बफरिङबाट मुक्ति पाउन तपाईंले केही ससाना कुराहरुमा ध्यान दिए पुग्छ । जसमा क्याश क्लियर गर्नेदेखि भिडियो क्वालिटी बदल्नेसम्मकको काम गर्न सक्नुहुन्छ ।

तपाईंले फास्ट इन्टरनेट कनेक्सन लगाउनु भएको छ । अन्य सबै वेबसाइट राम्रैसँग चलिरहेका छन् । तर युट्युवको भिडियो भने चिलरहेको छैन भने यसको कारण क्याश डेटा हुन सक्छ ।

यसका लागि सुरुमा आफ्नो फोन, डेक्सटप, ल्यापटप वा ट्याब्लेटमा क्रोम ब्राउजर खोल्नुहोस् । यसमा तपाईंले दायाँ माथि कुनामा रहेका तीन वटा लाइन अथवा थोप्लामा क्लिक गर्नुहोस् ।

जहाँ तपाईंले हिस्ट्रीको विकल्प देख्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि क्लियर ब्राउजिङ डेटामा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईंले डेटा डिलिट गर्ने विकल्प देख्नुहुनेछ । जसमा तपाईं कति समयको डेटा डिलिट गर्न चाहनुहुन्छछनौट गर्न सक्नुहुन्छ ।

साथै डेटा क्लियर गर्नका लागि कुकिज, साइट डेटा, फाइल र क्याश इमेजको विकल्प पनि छनौट गर्नुहोस् । यति गरिसकेपछि क्लियर डेटामा क्लिक गर्नुहोस् । अब तपाईंको क्याश डेटा डिलिट हुनेछ ।

भिडियो क्वालिटी बदल्नुहोस्

क्याश डेटा क्लियर गर्दा समेत युट्युव राम्रोसँग चलेन भने तपाईंले भिडियो क्वालिटी बदल्नुपर्ने हुनसक्छ । यो निकै साधारण तरिका हो ।

यसका लागि तपाईंले गियर आइकनमा ट्याप गर्नुपर्ने हुन्छ, जुन युट्युव स्क्रिनको दायाँ कुनामा वा माथि दायाँ कुनामा मिल्नेछ । त्यसपछि तपाईंले कम रेजोलुसनमा स्विच गर्नुपर्ने हुन्छ । यो फिचर तपाईंको स्मार्टफोन, डेक्सटप वा ल्यापटप सबै डिभाइसमा उपलब्ध छ ।