ऐश्वर्य विद्या निकेतनको ४२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ऐश्वर्य विद्या निकेतनको ४२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न

धनगढी : धनगढीकै प्रतिष्ठित सामुदायिक विद्यालय ऐश्वर्य विद्या निकेतनको ४२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।

बार्षिकोत्सवमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुखयमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमको शिक्षाको विकासमा सो विद्यालयको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । बार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न खेल तथा बौद्धिक प्रतियोगिताका बिजयीहरु तथा कक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्व प्राचार्य तथा नेकपाका नेता महेश्वर पाठकले धनगढी क्षेत्रको शैक्षिक विकासमा ऐश्वर्य विद्या निकेतनको महत्वपूर्ण भूमिका रहेको र यसपछि पनि यस्तै योगदान गर्नेमा आफु आशाबादी रहेको बताउनुभयो ।

बार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अधयक्ष तथा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको अध्यक्षतामा भएको थियो ।