आज रातिदेखि हल्का वर्षाको सम्भावना

आज रातिदेखि हल्का वर्षाको सम्भावना

केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १ र प्रदेश २ का केही स्थानमा माैसम आंशिक बदली छ।

आज राति भने प्रदेश १ र प्रदेश २ का एक/दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेकाे महाशाखाले जनाएकाे छ।

महाशाखाले साेमबार बिहान ६ बजे  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-

‘देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

महाशाखाका अनुसार बुधबार रातिसम्मकाे माैसम अनुमान यस्ताे छ :

पुस २७ गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पुस ९ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।