बाजुरा पुगेको नेता थापाः भन्छन्, 'पार्टीलाई फुटाउनेहरू आफै समाप्त हुन्छन्'

बाजुरा पुगेको नेता थापाः भन्छन्, 'पार्टीलाई फुटाउनेहरू आफै समाप्त हुन्छन्'

बाजुरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता तथा सुदूर पश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीलाई फुटाउनेहरू आफै समाप्त भएर जाने बताएका छन ।  

नेकपा ओली समूहद्वारा आयोजित सभालाई सम्बोधन गर्न बाजुरा पुगेको नेता थापाले ओली समूह भन्दा बाहिर रहेका नेता तथा कार्यकर्ताहरूको भविष्य नरहेको बताए ।

माधव नेपाल प्रचण्डहरूको समूहलाई निर्वाचनमा पराजित गर्ने समेत उनले चेतावनी दिए । उनले भने, ‘जिल्ला देखी केन्द्र सम्म हाम्रै पल्ला भारी हुन्छ । ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्री ओलीले देशमा विकासको गति दिइरहेको समेत उनले जानकारी दिए ।