बैतडीमा विद्यार्थी संख्या कम भएका विद्यालयहरु समायोजन गरीदै

बैतडीमा विद्यार्थी संख्या कम भएका विद्यालयहरु समायोजन गरीदै

बैतडी । बैतडीको पाटन नगरपालिकामा विद्यार्थी संख्या कम भएका विद्यालय तथा शिक्षक समायोजन प्रक्रिया थालिएको छ ।

 नगरपालिकाको वडा नम्बर १० मा रहेको सिगास आधारभुत विद्यालयलाई सोहि वडाको सरस्वती माध्यमिक विद्यालयमा तहगत समायोजन गरिएको छ ।

अन्य ६ वटा विद्यालयलाई समायोजनको सूचीमा राखिएको छ । त्यस्तै तीन ओटा विद्यालयका शिक्षक समायोजन गरिएको छ । आगामी शैक्षिक सत्रसम्ममा समायोजन प्रक्रियाले पूर्णता पाउने बताइएको छ ।