कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न डब्लूएचओको टोली बिहीबार चीन पुग्दै

कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न डब्लूएचओको टोली बिहीबार चीन पुग्दै

कोरोना भाइरस ‘कोभिड १९’को उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली बिहीबार चीन पुग्दैछन्।

चीनले सोमबार डब्लूएचओको टोली आफ्नो भूमिमा बिहीबार अवतरण गर्ने बताएको एससीएमपीले जनाएको छ।

सुरुवातमा चीनले डब्लूएचओको टोलीलाई आफ्नो भूमिमा कोरोना अध्ययनका लागि बन्देज लगाएको थियो।

त्यसबेला डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रिएसुसले चीनले स्वतन्त्र अध्ययन गर्न नदिनु निराशाजनक भएको बताएका थिए।

तर पछि गएर चीनले डब्लूएचओको टोलीले आफ्नो भूमिमा कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न सक्ने बताएको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले डब्लूएचओको टोलीलाई चिनियाँ वैज्ञानिकहरुले सहयोग गर्ने बताएको छ।

चीनले कोरोना भाइरसलाई प्रयोगशाला बनाएको भन्ने आरोप लाग्ने गरेको छ। साथै चीनमाथि कोरोनाको खतरा लुकाएको आरोप पनि लागेको छ।

स्वतन्त्र अध्ययनबाट यस्ता धेरै तथ्य र रहस्य फेला पर्ने विश्वास गरिएको छ।