सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षण थप ५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८७ नमुनाहरुमध्ये ५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका दुईजना र कञ्चनपुरका तीन जनामा कोरोना देखिएको हो । उनले कैलालीको गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको दोधाराचांदनी नगरपालिकाका दुईजना र कृष्णपुर नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।