महेन्द्रनगर जेसीजको ३४ औं पदस्थापन कार्यक्रम सोमबार सम्पन्न

महेन्द्रनगर जेसीजको ३४ औं पदस्थापन कार्यक्रम सोमबार सम्पन्न

कंचनपुर । महेन्द्रनगर जेसीजको ३४ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सोमबार भब्य रुपमा सम्पन्न भएको छ । जेसीस २०२० का अध्यक्ष जेसी हरिश भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल  प्रमुख अतिथि रहेका थिए । सोमबार सम्पन्न भएको पदस्थापन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल जेसीसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणी भण्डारी र जेसि पदम बिक्रम सिंह, पुर्व राष्ट्रिय उपाध्यक्ष जेसिआई सिनेटर कमल भण्डारी, महेन्द्रनगर जेसिसका पुर्व अध्यक्षहरु जेसिआई सिनेटर सुशिला चन्द र कृष्ण प्रसाद पाठक रहेका थिए ।
जेसीस वर्ष २०२१ का अध्यक्ष जेसी हरिस प्रशाद भट्ट, कार्यकारी उपाध्यक्ष जेसी तुलसी पन्त र दिपक राज जोशी, उपाध्यक्ष जेसि हरिश जोशी , जेसी निर्मल पाठक, जेसि अक्क्षत पाण्डे र  राहुल शर्मा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।
कानुनी सल्लाहकारमा जेसि कबिराज अवस्थी,महासचिव पदमा जेसि जानकी रोकाय, कोषाध्यक्ष पदमा जेसि राजेन्द्र बहादुर पाल मनोनीत भएका छ्न । सह-सचीवमा जेसि प्रेम राज जोशी,सह-कोषाध्यक्षमा जेसि राजेन्द्र अवस्थी,तालिम संयोजकमा जेसि दिपान्सु बिष्ट,खेलकुद संयोजकमा जेसि अविनाश जोशी,शाखा सम्पादकमा जेसि डम्मर राज भट्ट,जनसम्पर्क अधिकारीमा जेसि प्रकाश रोकाय,स्वास्थ्य संयोजकमा जेसि कबिता बोकटी,कला तथा संस्कृति संयोजकमा जेसि किरन बोकटी,सदस्यता वृद्धि संयोजकमा जेसि बिमल कुँवर र कोषवृद्धि संयोजकमा रोहित पनेरु मनोनीत भएका हुन । नवनिर्वाचित अध्यक्षलाई जेसीस वर्ष २०२० का अध्यक्षले पद हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको समापन वर्ष २०२१ का अध्यक्ष हरिस प्रशाद भट्टले गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथीले मन्तव्य राख्दै  महेन्द्रनगर जेसिज वर्ष २०२१ को नयाँ कार्य समितीलाई शुभकामना समेत दिएका थिए ।

उक्त कार्यक्रममा महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष जेसि लक्ष्मण भट्ट,जेसि पवनचन्द्र लेखक ,जेसि पदम बुडा, जेसि दिपक राज बिष्ट, जेसि हेमराज भट्ट, जेसि अमर बहादुर चन्द लगायतको बाक्लो उपस्थिति रहेको थियो ।