आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफल
मेषः 
समय राम्रो रहने छैन । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, शसभ दिशा पूर्व, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृषः केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । सहयोगीको भरपर्दा काम बिग्रन सक्छ । विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, शुभ दिशा दक्षिण, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः समय शुभ छ । व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ । अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । दिनमा २ बजेपछि भौतिक सुविधाले खर्च निम्त्याउन सक्ने पनि देखिन्छ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा र हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कटः समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, शुभ दिशा उत्तर, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंहः समय खराब छ । सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि गुम्न सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइका कारण सामाजिक कार्यमा तनाव बढ्नेछ । लगनशील भए पनि काम अधूरै रहनेछ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, शुभ दिशा पूर्व, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्याः समय शुभ छैन । आँटेको काम केही समस्या देखिएको छ । साथीभाइसँगको असमझदारी बढ्न सक्नेछ  जसले दिगो योजना बनाउन समस्या पर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । आज टाढाको यात्रा पनि नगर्नुहोला । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, शुभ दिशा दक्षिण, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले भगवान गणेशको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुलाः दिन शुभ छ, मनोकामना पूर्ण हुनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न हीरा हो । देवीको पूजा, बृहस्पतिको मन्त्रजप गरी प्रतिकूल समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार कागलाई खानेकुरा दिनले तपाइँको ग्रहपिडा कम हुनेछ 

वृश्चिकः दिन खराब छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्नेछ । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्नेछ ।  वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, शुभ दिशा उत्तर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले भगवान विष्णुको पूजा गरेर शनि ग्रहलाई खुसी पार्न सकिनेछ । दुःख पाएका व्यक्तिलाई दान गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ ।

धनुः दिन अत्यन्तै शुभ छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने मौका रहेको छ । व्यापारमा पनि राम्रो फाइदा लिन सकिनेछ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ र शिवजीको पूजा गर्दा राम्रो रहनेछ । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्दा पनि राम्रो हुनेछ ।

मकरः समय राम्रो छैन । कामको मेसो नमिल्दा केही पछि परिने छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, शुभ दिशा पूर्व, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा शुभ फलदायी रहनेछ । भोका व्यक्ति, निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले काममा सफलता मिल्नेछ ।

कुम्भः समय शुभ छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके कार्यमा सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः समय मध्यम खालको छ । वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, शुभ दिशा उत्तर, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न हरेक दिन गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।