देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा बाक्लो हुस्सु

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा बाक्लो हुस्सु

काठमाडौं। देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो। 

त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना पनि छ। तराईका जिल्लामा बिहानीपख प्रायः हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

बुधबार र बिहीबार पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।