धनगढीको एसटिएस सिनेमा हलमा माघ १७ गते सर्ट फिल्म ''माई मिस्टेकस्'' प्रदर्शन गरिने

धनगढीको एसटिएस सिनेमा हलमा माघ १७ गते सर्ट फिल्म ''माई मिस्टेकस्'' प्रदर्शन गरिने

धनगढी । धनगढीको एसटिएस सिनेमा हलमा माघ १७ गते सर्ट फिल्म ''माई मिस्टेकस्'' प्रदर्शन गरिने भएको छ । समाजमा व्याप्त धुम्रपान र मद्यपानले बालबालिकामा पारेको असरलाई उक्त फिल्ममा मुख्य विषय बनाइएको छ ।

सामाजिक सचेतना जगाउने उद्धेश्यले ''माई मिस्टेकस्'' नामक सर्ट फिल्म आफुले निर्माण गरेको निर्देशक तथा र्निमाता रोयलजंग मुखियाले जानकारी दिए । उनले सुदूरपश्चिममा निर्माण गरिएको उक्त चलचित्रमा समाजमा व्याप्त धुम्रपान र मद्यपानले बालबालिकामा पारेको असरलाई मुख्य विषय बनाइएको बताए ।

चलचित्र एकदमै राम्रो र सामाजिक जनचेतना जगाउने रहेको भन्दै माघ १७ गते धनगढीको एसटिएस सिनेमा हल आएर चलचित्र हेरिदिन सबै दर्शकहरुलाई निर्देशक तथा र्निमाता मुखियाले आग्रह गरेका छन ।

''माई मिस्टेकस्'' मा लेखन र निर्देशन रोयल जंग मुखियाको रहेको छ भने सहायक निर्देशकमा निरज कुमार रहेका छन । चलचित्रमा नायक सचिन रोहेला, मोडल सोनिया ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ ।