कैलालीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षण थप ३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ९५ नमुनाहरुमध्ये थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका दुईजना र गोदावरी नगरपालिकाका एकजना गरी ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।