कानुनी रुपमा पार्टी विभाजन भएको छैन बरालिएर नहिडनुसः मन्त्री ठगुन्ना

कानुनी रुपमा पार्टी विभाजन भएको छैन बरालिएर नहिडनुसः मन्त्री ठगुन्ना

बझाङ । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री गणेशसिंह ठगुन्नाले कानुनी रुपमा पार्टी विभाजन नभएकाले बरालिएर नहिड्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । जनताको जनमतको कदर गर्दै दुई कम्युनिष्ट पार्टी एक भएको स्मरण गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधवले चाहदैमा पार्टी नफुटने बताए ।

नेकपा बझाङको जिल्ला सदरमुकाम चैनपुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधव समुहले जिल्ला जिल्लामा गएर पार्टी फुटेको भ्रम छरिरहेकाले भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा फुटेको हो, भन्ने आम जनमानसमा चिन्ता बढेकोले पार्टी कानुनी रुपमा विभाजन नभई केही ब्यक्तिहरु बाहिर जाँदा चोईटिए मात्र बताए । जनताले पाँच बर्षका लागी दिएको जनादेशलाई विच बाटोमै तुहाउन खोजेपछि ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटनको निर्णय लिनु जायज भएको जिकिर गरे ।

पार्टी अध्यक्ष हुनका लागी तीन महिना र प्रधानमन्त्रीका लागी दुई बर्ष कुर्न नसक्ने पदलोभिका कारण नेकपा भित्रको विवाद चुलिदै गएको उनको भनाई छ । कुनै पनि जनता वा नेताले सडकमा गएर राजनीतिक आन्दोलनको नाममा हामी यहाँ छौँ भनेर भन्नुपर्ने अवस्था नरहेकोले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा पार्टीमा सहभागि भएर अगाडी बढ्न अनुरोध गर्नुभयो । प्रचण्ड– माधव समुहलाई अंकित गर्दै ठगुन्नाले नेकपा बाट छुट्टिएर अलग नहुन र सहयात्रामा आउन आग्रह गरेका छन ।

यदि नेपाली जनताले दिएको जनमतको कदर नगरे आगामी चुनावमा नेपाली जनताले सवक सिकाउने छन । सरकारले अहिले संविधान, कानुन र विधि पद्धतिअनुसार नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजीरहेकोले सोही अनुसार जनादेशको पालना गरिरहेको मन्त्री ठगुन्ननाको भनाई छ ।

जनताको जनादेश अनुसार आफुहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडी बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पार्टीका अन्य सदस्यलाई पनि मुल धारको नेतृत्वमा आउन आग्रह गर्नुभयो । फरक प्रसंगमा बोल्दै मन्त्री ठगुन्नाले अबको आन्दोलन विकास र परिर्वतनको लागी हुनपर्ने भन्दै देशको भौगोलीक अखण्डताको लागी आन्दोलन हुनुपर्ने, मिचिएको भुमी फिर्ताको लागी आन्दोलित हुनुपर्ने बताए ।

चर्चामा रहेको कालापानी, लिपुलेक लिपियाधुरा र सीमा क्षेत्रका विषयमा आफु सदैव गम्भीर भएर लाग्नेमा पनि जोड दिनु भयो । आफु सरकारको मन्त्री भएको हैसियतले बझाङको विकासका लागी सदैव अग्रपंक्तीमा रहने बताए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रको विवाद समाधानको लागी पहल गरिरहनु भएकाले चााडै निकास आउने विश्वास व्यक्त गर्नु भयो ।