आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफल
मेष 
मेष राशि भएकाहरूका आज स्वास्थ्य राम्रो रहने छैन, विशेष व्यक्तिसंग झगडा हुन सक्नेछ, शरीरमा चोटपटक लाग्न सक्नेछ, मनमा नकारात्मक सोचाई पनि उव्जिनेछ, गरेका कामहरू पनि पूरा नहुने देखिन्छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृष वृष राशि भएकाहरूका लागि आज सरकारी काममा बाधा आउनेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पूर्व र उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुन आज मिथुन राशि भएकाहरूका लागि टाढाबाट धन प्राप्तिको योग छ, मानसिक तथा शारीरिक आराम मिल्ने, परिवारका सदस्यको सहयोगमा यसअघिका अधुरा काम आज पूरा हुनेछ, नयाँ ठाउँको अवलोकन भ्रमण हुन सक्नेछ, राजनीतिमा रुचि बढ्नेछ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा र हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट आज कर्कट राशिका लागि शत्रु, विरोधी तथा विपक्षीमाथि विजयी हुने योग छ, आफन्तले सक्रिय सहयोग गर्न सक्नेछन्, धन लाभ, स्वास्थ्य अत्यन्तै राम्रो र सबल रहने, घरमा नयाँ व्यक्तिको आगमन, अध्ययनमा अभिरुचि बढ्ने योग रहेको छ । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंह आज सिंह राशि भएकाहरूको लागि गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्या कन्या राशि भएकाहरूका लागि आज आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले भगवान गणेशको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुला तुला राशि भएकाहरूका लागि दिन शुभ छ, सबै प्रकारको काममा सफलता र लाभ हासिल हुन सक्नेछ, नयाँ कामको थालनी पनि आजबाटै गर्दा राम्रो हुनेछ, मनमा सहयोगी भावना पलाउनेछ, धार्मिक काममा पनि सक्रियता बढ्न सक्ने देखिन्छ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । देवीको पूजा, बृहस्पतिको मन्त्रजप गरी प्रतिकूल समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार कागलाई खानेकुरा दिनले तपाइँको ग्रहपिडा कम हुनेछ 

वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज दिन खराब छ, धनमाल हराउन सक्नेछ, स्वास्थ्यमा पनि समस्या आउन सक्नेछ, गरेका कामबाट जस नपाइने योग छ, मानसिक तनावमा दिन बित्न सक्नेछ, यात्रामा विशेष सावधानी अपनाउदा राम्रो हुनेछ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले भगवान विष्णुको पूजा गरेर शनि ग्रहलाई खुसी पार्न सकिनेछ । दुःख पाएका व्यक्तिलाई दान गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ ।

धनु धनु राशिका लागि आज दिन अत्यन्तै शुभ छ, स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ र शिवजीको पूजा गर्दा राम्रो रहनेछ । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्दा पनि राम्रो हुनेछ ।

मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन, आफन्तले नै धोका दिन सक्नेछन्, पेशाबाट तनाव हुन सक्ने, आम्दानी घट्ने, परिवारमा अशान्ति, अनावश्यक खर्च बढ्ने योग देखिन्छ, आफ्नो काम सतर्क भएर गर्नुहोला । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा शुभ फलदायी रहनेछ । भोका व्यक्ति, निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले काममा सफलता मिल्नेछ ।

कुम्भ कुम्भ राशिका लागि आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ, गर्न खोजेका काम अधुरा, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउने, स्वास्थ्य पनि भरपर्दो नहुने योग देखिन्छ तर धार्मिक कार्यमा सफलता, यात्रा सफल हुनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न हरेक दिन गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।