साउथका सुपरस्टार विजयको चलचित्र ‘मास्टर’ धनगढीको एसटिएस सिनेमा घरमा लाग्दै

साउथका सुपरस्टार विजयको चलचित्र ‘मास्टर’ धनगढीको एसटिएस सिनेमा घरमा लाग्दै

लामो समय देखि कोरोना भाइरसका कारण बन्द रहेका धनगढीको एसटिएस सिनेमा घरमा साउथस्टार विजयको चलचित्र ‘मास्टर’ धनगढीको एसटिएस सिनेमामा माघ १ गते लाग्दै छ । एसटिएस सिनेमा घर धनगढीका ब्यावस्थापक योगेन्द्र नायकका अनुसार आगामी दिनमा चलचित्र जगतलाई कोरोनाले रोक्दैन मानिसहरुको मन भ‍ए हल सम्म आउन कसैले रोक्दैन जस्तो लाग्छ ।

बुधबार देखि रिलिज हुन लागेको साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’ले भने दर्शकलाई हलसम्म फर्काउने पक्का पक्का देखिएको छ , कतै टिकट नपाएकको आक्रोस देखिन्छ भने कतै लामो लाईनमा वसी टिकट कटाईमा लागेको देखिन्छ ।

भारतीय चलचित्र पण्डितहरुले ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरेका छन् । यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ । लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन् ।