विश्वका ठूला कम्पनीलाई नियमन गर्दै चीन

विश्वका ठूला कम्पनीलाई नियमन गर्दै चीन

काठमाडौं । चीनले विश्व प्रविधिको क्षेत्रमा आफूलाई सुपर पावर बनाउने योजनाका साथ ठूला टेक कम्पनीहरुलाई नियमन गर्न थालेकाे छ ।

अमेरिका, युरोपियन युनियनले जस्तै चीनले प्रविधिमा डेटा प्रोटेक्सन, एन्टिट्रस्ट जस्ता विभिन्न विधालाई कसरी नियमन गर्ने भन्ने विषयमा काम गरिरहेको छ ।

हाल चिनियाँ टेक कम्पनी खुल्ला जस्तै छन् । जसले गर्दा उनीहरु विश्व प्रविधिको बजारमा सबैभन्दा ठूला कम्पनीको रुपमा स्थापित भइरहेका छन् । तर, पनि त्यहाँ केही नीतिगत व्यवस्थाहरु भने छन् । भने, कतिपय व्यवस्था कार्यान्वयनमा आउने तयारीमा रहेका छन् ।

गएको नोभेम्बरमा चीनको केन्द्रीय बैंक र नियामकले माइक्रोलेडिन्ङको विषयमा तयार भएको नीतिको मस्याैदा जारी गरेको थियो । जसमा प्रविधिका कम्पनीले ऋण लिनका लागि क्यापिटल हुनुपर्ने प्रावधान राखेको छ ।

त्यस्तै चीनको बजार नियमन गर्ने निकायले पनि केही समयअघि इन्टरनेट प्लेटफर्ममा रहको मोनोपोलीलाई रोक्ने खालको पोलिसीको ड्राफ्ट तयार पारेको थियो । जुन चीनमा रहेका ठूला टेक कम्पनीलाई नियमन गर्ने यो आज सम्मकै कडा कानून हो ।

त्यस्तै गएको अक्टोबरमा चीनले प्रयोगकर्ताको डेटा प्रोटेक्सनको कानून बनाएको थियो । जसको उद्देश्य कम्पनीहरुले प्रयोगकर्ताको डेटालाई कसरी प्रयोगमा ल्याउँछन भन्ने जानकारी लिनु थियो । यी सबै कानुनी प्रावधान प्रविधिको क्षेत्रमा चीनलाई सुपर पावर बनाउने उदेश्य नै हो ।

‘चीनले प्रविधि नै अबको महाशक्ति भएको कुरा चिनले बुझिरहेकोे छ’, ट्रिभियम चाइना नामक रिसर्च केन्द्रका रिसर्चर केन्द्र स्केफरले भनेका छन, ‘त्यस्तो अवस्थामा प्रविधिका ठूला कम्पनीलाई नियमनको आवश्यक भएको महसुस चीनले गरेको हो ।’