द्वन्द्व विस्थापित २० हजार कंगोबासीको लागि नेपाली सेनाले बनाइदियो आवास

द्वन्द्व विस्थापित २० हजार कंगोबासीको लागि नेपाली सेनाले बनाइदियो आवास

काठमाण्डौ । द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ ।

अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवास निर्माण गरेको   जङ्गी अड्डाले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुरोधमा २०२० को जुनदेखि काम सुरु गरेर सात महिनामै बुनियास्थित मुजिपेला क्षेत्रमा सात हेक्टर जमिनमा व्यवस्थित आवास निर्माण गरेको हो । 

यो भन्दा पहिले २०१९ मा पनि त्यही क्षेत्रमा संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले १० हजार विस्थापितको लागि आवास निर्माण गरेको थियो । नेपाली सेनाको यस कामको लागि संयुक्त राष्ट्रसंघको शान्ति सञ्चालन विभागका प्रमुख जेन पेरी ल्याक्रोइसले समेत प्रशंसा गर्नुभएको छ ।