‘द भ्वाइस अफ नेपाल’को कोचमा आस्थाको ठाउँमा तृष्णा गुरुङ

‘द भ्वाइस अफ नेपाल’को कोचमा आस्थाको ठाउँमा तृष्णा गुरुङ

सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । सिजन–३ का लागि गुरुङ कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’ प्रवेश गरेकी हुन् ।

सिजन–२ मा आस्था राउत रहेकोमा उनको ठाउँमा गुरुङ आएकी हुन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । 

“हामीले ७ जनाको नाम भ्वाइसको हेडक्वाटरमा सीभीसहित पठाएको थियौं, त्यसमध्ये तृष्णा गुरुङको नाम छनोट भएर आएको हो,” ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले भने । 

दोस्रो सिजनमा पनि ‘द भ्वाइस अफ नेपाल’ले कोच परिवर्तन गरेको थियो । पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो । 

‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ ।