श्रीमानले झगडा नगरेको आरोपमा श्रीमतीले मागिन् ‘डिभोर्स’

श्रीमानले झगडा नगरेको आरोपमा श्रीमतीले मागिन् ‘डिभोर्स’

हरेक दिन विश्वमा अचम्मका घटना भइरहन्छन् । यस्तै, अचम्मको घटना भएको यूएईमा । सामान्यतया पति र पत्नीबीच झगडा हुनु सामान्य प्रक्रिया मानिन्छ ।

अधिकांश जोडीहरु झै–झगडा नहोस भन्ने चाहन्छन् । सुमधुर सम्बन्धको कामना गर्छन् । तर, यूएईमा पतिले आफुसँग झगडा नगरेको भन्दै एक महिलाले पतिसँग ‘डिभोर्स’ मागेकी छन् ।

पतिले आफूलाई अत्ति धेरै माया गरेको भन्दै उनले ‘डिभोर्स’ मागेकी हुन् । अदालत पुगेकी महिलाले आफ्नो पतिले बिहे भएदेखि चर्को स्वरमा कुरा नगरेको, जहिले पनि घरको काममा सघाउँने गरेकाले ‘डिभोर्स’ माग गरेको बयान दिएकी छन् ।

आफूले पतिको अपार प्रेममा निसासिएको अनुभव गरेको र सबैथोक राम्रो भएकाले जिन्दगी नै नर्क जस्तो लागेको बताएकी छन् ।

तर अदालतले भने उनको मुद्दालाई अघि बढाउन अस्वीकार गरेको छ ।