आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो साईत ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो साईत ?

आजको राशिफल
मेषः
 आज समय मध्यमखालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृषः आज समय ठीक छैन । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्नेछ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ ।

मिथुनः आज समय खराब छ । अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । 

कर्कटः आज समय शुभ छ । आजको दिन दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्त बुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रशसा मिल्नेछ । विशेष काममा आउने कष्ट एवं कठिनाइ निवारणका लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

सिंह  आज समय राम्रो छ । आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । 

कन्याः आज पनि समय शुभ छैन । आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । 

तुलाः आज समय शुभ छैन । आज कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद् आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । 

वृश्चिकः आज समय शुभ छ । आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । यो राशि हुनेहरुले आज विशेष महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने छ । आज तपाइँले दीनदुखीको सेवा गरेमा राम्रो हुनेछ ।

धनुः आज समय अत्यन्तै खराब छ । आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले धन्वन्तरिनारायणको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकरः आज समय अत्यन्तै राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । 

कुम्भः आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने एवं मनमा संकोचित विचार बढ्न सक्ने सम्भावना देखिएको छ । ख्याल पुर्याउनु पुर्याउनु होला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खड्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ, सहनशक्ति बढाउने र सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ । धैर्यधारणले नै प्रतिकूलता टार्न सकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँले आमाको आर्शिवाद लिंदा हितकर हुनेछ ।

मीनः आज समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।

साइतः आज चन्द्रमा मकर राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।