मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ।
उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ।

यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो,
कसैले गरेको भए पनि बैना जफत गरिन्छ।

झिना मसिना कुरा आफै छेउ लाग्छन् अब,
हिसाब किताब गरिन्छ जम्मा लगत गरिन्छ।

सचेत बन्नु पर्छ सधैं हल्लाहरू सत्य हुदैनन्,
राजनीतिमा अनेक खाले छलकपट गरिन्छ।

त्यसैले राजनीति देशको प्रधान नीति हुन्छ,
यहाँ अनेक तरहले अभिव्यक्त मत गरिन्छ।


२०७७/१०/०१ महेन्द्रनगर