ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पास : दोस्रो पटक महाअभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पास : दोस्रो पटक महाअभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग चलाउने प्रस्ताव हाउस अफ रिप्रेजेन्टेटिभमा पास भएको छ ।

ट्रम्प पहिलो त्यस्तो राष्ट्रपति हुन्, जसलाई पदमा रहँदै दोश्रो पटक महाअभियोग लागेको छ । उनीमाथि देशविरुद्ध विद्रोह भड्काएको आरोप लागेको छ ।

केहि रिपब्लिकन सांसदले पनि ट्रम्पमाथि महाअभियोग चलाउने पक्षमा भोट गरेका छन् ।

तल्लो सदनमा पनि ट्रम्पविरुद्ध महाअभियोग चलाउने प्रस्ताव पूर्ण बहुमतले पास भएको छ । सीएननका अनुसार प्रस्तावको पक्षमा २३२ र बिरोधमा १९७ भोट आएको छ ।

ट्रम्पका रिपब्लिकन पार्टीका १० जना सांसदहरुले समेत ट्रम्पविरुद्ध भोट गरेका छन् । ट्रम्प समर्थकले गत हप्ता संसद भवनमा तोडफोड गरेका थिए भने हिंसामा ५ जनाको मृत्यु भएको थियो ।