सेती अस्पतालको प्रयोगशालामा ८७ जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि

सेती अस्पतालको प्रयोगशालामा ८७ जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८७ नमुनाहरुमध्ये थप एक जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको बेदकोट नगरपालिकाका एकजना पुरुषमा कोरोना देखिएको जानकारी दिए ।