नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३० जना संक्रमित फेला परेका छन् । जसमा १ सय १० जना महिला र १ सय २० जना पुरुष रहेका छन् ।