कञ्चनपुर प्रहरीद्धारा अजिङ्गरको अवैध छाला बरामद

कञ्चनपुर प्रहरीद्धारा अजिङ्गरको अवैध छाला बरामद

कञ्चनपुर ।  कञ्चनपुरमा प्रहरीले अजिङ्गरको अवैध छाला बरामद गरेको छ। 

जिल्लाको दोधाराचाँदनी नगरपालिका–८ बाबाथान बजारको पूर्वतर्फबाट सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छाला बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार झण्डै १० फिट लामो छाला म १ प ६४०९ नम्बरको मोटरसाइकलमा गुन्जन सुनार लगायतका व्यक्तिले ल्याएको बुझिएपनि उनीहरु छोडेर फरार भएका हुन्। 

बरामद गरिएको छाला वन डिभिजन कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ।