मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ४ मध्ये २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ४ मध्ये २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया का अनुसार मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणिका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक अस्पताल र धनगढीको गोदावरी राईस मिल नजिक बस्ने २५ वर्षीय मोटरसाइकल चालक आशिष जोशीको निशर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही मोटरसाइकल दुर्घटनामा परि घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका निश्चल राठोर र अभिषेक चुनाराको उपचार भइरहेको प्रहरीले जनाएको छ।