यी घरेलु उपायबाट बनाउनुहोस् आँखालाई तेजिलो

यी घरेलु उपायबाट बनाउनुहोस् आँखालाई तेजिलो

आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ । 

ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ । यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ । 

१. तपाईं गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफूल खान थाल्नुस् । यिनमा भिटामिन ए भरपूर हुन्छ । 

२. बिहान उठेर (याल आँखामा गाजल जसरी दल्दा पनि आँखाको तेज बढ्छ । 

३. दिनदिनै पाइताला र खुट्टाका औंलामा सर्स्युँको तेलले मालिश गर्दा पनि आँखाको तेज बढ्छ । 

४. पालुंगोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछन् । 

५. राति सुत्नुअघि दूधमा पिँधेको अलैंची अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छन् ।

६. दुवै हत्केला रगडेर तातो बनाउनुुस् र तिनले आफ्ना आँखा छोप्नुस् । यसो गर्दा आँखाका मांसपेशीले आराम पाउँछन् । ७ काम गर्दागर्दै आँखालाई आराम दिनुस् । आँखालाई जोड पार्नु हुँदैन ।