जैविक तटबन्धबारे कञ्चनपुरमा सम्भाव्यता अध्यन

जैविक तटबन्धबारे कञ्चनपुरमा सम्भाव्यता अध्यन

कञ्चनपुर । कञ्चनपुरमा जैविक तटबन्धबारे सम्भाव्यता अध्ययन गरीएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा महेन्द्रनगर र मर्सिकोर नेपाल धनगढीको संयुक्त  टोलीले  स्याली,बनहरा र दोदा नदीले गरेको कटानी रोकथाम र नियन्त्रणका लागि  सम्भाव्यता अध्ययन गरेको नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा कञ्चनपुरले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपाल कैलालीको संयुक्त साझेदारीमा  सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाको तेस्रो चरण अन्तरगत शुक्लाफाँटा नगरपालिका वडा न ३ जोनापुर,कृष्णपुर नगरपालिका ३ बडबैका टोल,लालझाडी गाउँपालिका वडा न २ कञ्ज, बिनबारी १ र पुनर्वास नगरपालिका वडा नं ७ परासन र वडा न ९ सीता बस्तीमा जैविक तटबन्धबारे परियोजना र स्थानीय सरकार सहितको टोलीले सम्भाव्यता अध्ययन गरेको परियोजना अधिकृत महेश घिमिरेले बताए ।