पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने

पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने भएको छ । 

नगर प्रमुख जीवन राज थापाले पुनर्वास सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै यसै वर्ष दुई ओटा चिस्यान केन्द्र बनाइने बताएका हुन् । 

उनले एउटा चिस्यान केन्द्र सो सहकारी संस्थाको जमिनमा नगरपालिकाको दुई करोड लागतमा र अर्को चिस्यान केन्द्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको भानु युवा क्लबको खेलमैदानमा सुदूरपश्चिम प्रदेशको बजेटबाट बन्ने बताए ।